ऊर्जा क्षेत्रका लागि एडीबीको २० करोड डलर सहुलियत ऋण

साढे ३ करोड अनुदान

काठमाडौं, ११ भदौं । नेपाललाई एसियाली विकास बैंक (एडीबी)ले २० करोड अमेरिकी डलर सहुलियत दरको ऋण दिने सम्झौता गरेको छ।

अर्थ मन्त्रालयमा बिहीबार नेपाल र एडीबीबीच उक्त सम्झौता भएको हो।

सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ सचिव शिशिरकुमार ढुङ्‍गाना र एडीबीका देशीय निर्देशक मुख्तार खामुदखानोभले हस्ताक्षर गरेका छन् ।

यस्तै परियोजनासम्बन्धी सम्झौतामा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र एडीबीका निर्देशक मुख्तारले हस्ताक्षर गरे ।

ऋणसँगै नर्वे सरकार र एडीबीको को–फाइनान्सिङमा नेपालले साढे ३ करोड अमेरिकी डलर अनुदान पनि पाउने भएको छ।

उक्त ऋण दक्षिण एसियाली आर्थिक सहकार्य (एसएएसईसी) विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना कार्यानवयनका लागि नेपालले पाएको हो।

कार्यक्रममा नेपालको प्रसारणलाइन ४०० केभी पूर्ण क्षमतामा सञ्चालन गर्न यो परियोजनाले महत्वपूर्ण सहयोग गर्ने अर्थ सचिव ढुंगानाले बताए।

परियोजनाले ४०० किलोभोल्टमा प्रसारण लाइनको पूर्ण सञ्‍चालन गर्न र भारतसँग सीमापार बिजुली आदान(प्रदान गर्न सब-स्टेसन अपग्रेड गर्नेछ ।

परियोजनाले प्रदेश २ को गुणस्तर विद्युत् आपूर्तिका लागि पनि सहयोग गर्नेछ । यो प्रदेशमा विद्युतको गुणस्तर कम रहेको र यस प्रदेशका २० प्रतिशत घरपरिवार अझै राष्ट्रिय ग्रिडको पहुँचमा आइसकेका छैनन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here