एभरेष्ट बैंकका ग्राहकलाई धुलिखेल माउन्टेन रिसोर्टमा छुट

काठमाडौं, २३ बैशाख । एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र विशेष प्याकेजहरुको सुविधा प्रदान गर्न धुलिखेल माउन्टेन रिसोर्टसँग साझेदारी गरेको छ ।

एभरेष्ट बैंक र धुलिखेल माउन्टेन रिसोर्टबीच हस्ताक्षर भएको एमओयूका अनुसार ग्राहकहरुले आवास, स्पा र सेवाहरु तथा रेस्टुरेन्ट र बार सेवाहरुमा १० प्रतिशत छुट पाउनेछन् ।

सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर छुट प्राप्त गर्न सक्नेछन् ।

नेपालको बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च ग्राहक रहेको एभरेष्ट बैंकको ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको बताइएको छ ।

एभरेष्ट बैंक हालै क्यामेलस् रेटिङमा बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न समेत सफल भएको छ । एभरेष्ट बैंकले हाल ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११६ एटिए मार्फत सेवा दिँदै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here