नुवाकोटमा एकैदिन थप सातजनामा कोरोना संक्रमण पुष्टि

नुवाकोट ११ भदौं । नुवाकोटमा एकैदिन थप सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बिहिबार शिवपुरी गाँउपालिकको ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा ७५, ४०, ६० र २४ वर्षीय पुरुष र ४९, ३१ र ३८ वर्षीय महिला रहेका छन् ।

यो सहित नुवाकोटमा कोरोना संक्रमितको संख्या ८६ पुगेको छ ।

त्यसमध्ये ६९ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । त्रिशुली अस्पतालमा ६ जना र ७ जना आउने क्रममा रहेको र काठमाडौंको विभिन्न अस्पतालमा ६ जनाको उपचार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here