जेफ बेजोस विश्वकै धनी व्यक्ति

काठमाडौं । जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । अमेजनका प्रमुख कार्यकारी रहेका बेजोस २ सय अर्ब अमेरिकी डलर सहित विश्वकै धनी बनेका हुन् ।

फोर्ब्सका अनुसार अमेजनको सेयरमा २ प्रतिशतले वृद्धि भएपछि बेजोसको कुल सम्पत्ति २०४.६ अर्ब डलर पुगेको हो।

जुन विश्वकै दोस्रो धनी व्यक्ति बिल गेट्सको कूल सम्पत्तिको तुलनामा करिब ९० अर्ब डलरले बढी हो । बिल गेट्ससँग हाल कूल सम्पत्ति ११६.१ अर्ब डलर रहेको छ ।

बेजोसको कम्पनी अमेजनको सेयर महामारीकै बीचमा यो वर्ष ८० प्रतिशतले वृद्धि भएको छ। जनवरी १ मा बेजोसको कुल सम्पत्ति १ सय १५ अर्ब डलर थियो।

अमेजनबाहेक बेजोसको स्वामित्वमा वासिङ्टन पोस्ट, अन्तरीक्ष उडानसम्बन्धी कम्पनी ब्लु ओरिजिन र अन्य निजी लगानी पनि छन्।

फोर्ब्सले करिब चार दशकदेखिको गणनामा बेजोसले यस्तो कोशेढुङ्गा पार गरेको बताएको छ ।

गत वर्षको जुलाइमा पूर्वपत्नी म्याकिन्जी स्कटसँग सम्बन्धविच्छेद गर्दा बेजोसले उनलाई आफ्नो सम्पत्तिको २५ प्रतिशत हिस्सा दिएका थिए। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here