माहाकाली नगरपालिकामा कोरोेना नियन्त्रणको खर्च आइतबार सार्वजनिक हुने

दोधारा, ११ भदौं । माहाकाली नगरपालिकामा कोभिड १९ रोकथाम तथा नियन्त्रणमा भएको खर्च विवरण माग गर्दै स्थानियहरुले माहाकाली नगरपालिकाका जनप्रतिनिधीलाई घेरेका छन् ।

माहाकाली नगरपालिकामा कोभिड १९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमिता भएको आशंकामा स्थानियहरुले १० दिन अघि रोकथाम तथा नियन्त्रणमा भए गरेका खर्चको विवरण माग गर्दै ज्ञापन पत्र दिएका थिए ।

माहाकाली नगरपालिकाका जनप्रतिनिधीहरुले एक साता भित्र कोभिड १९ मा भए गरेका खर्चको सम्पूर्ण विवरण खुलस्त हुने गरि दिने प्रतिबद्धता गरेका हुन् ।

माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले आउँदो आईतवार सम्म सम्पुर्ण माहाकाली नगरपालिकामा कोभिड १९ रोकथाम तथा नियन्त्रण खर्च सार्वजनिक गर्ने बताएका छन् ।

स्थानिय भिम कुमालले एक साता भित्र कोभिड १९ रोकथाम तथा नियन्त्रण खर्चमा सार्वजनिक गर्ने जनप्रतिनिधी प्रतिबद्धता गरे अनुरुप आफुहरु हिसाव किताव माग्न आएको उनले बताए ।

माहाकाली नगरपालिकाका जनप्रतिनिधी बैठक बसेको स्थानमा युवाहरुले उनिहरुलाई घेरेका थिए ।

युवाहरुले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा भए गरेका खर्चको बिल भर्पाई प्रतिलिपी उपलब्ध गराईदिन आग्रह गरेका हुन् ।

कोभिड १९ मा ठुलो रकम खर्च भएको कारण स्थानिहरुमा आशंका छाएको स्थानिय भिम कुमालले बताएका छन् ।

झण्डै एक सय जतीको आएका युवाहरुले जनताको रगत पसिनाको रकम पारदर्शी गर्नु पर्ने बताएका छन् ।

हिसाव किताब चाडै सार्वजनिक नगरे जस्तो सुकै आन्दोलन चर्काउन सक्ने बताउदै अनियमिता भएको पाईएमा जो कोही भएपनि कानुनी कार्वाहीको दायरामा ल्याउनु पर्ने अर्का स्थानिय हर्क बहादुर थापाले बताए ।

माहाकाली नगरपालिकाले एक सातामा सम्पुर्ण खर्च बिबरण सार्वजनिक गर्ने भनिएता पनि आज १० दिन पुग्दा सार्वजनिक नगरेको भन्दै स्थानिहरुले रोष प्रकट गरेका हुन् ।

माहाकाली नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश मिश्रले आफुहरुले सबैले सरल तरिकारले बुझ्ने गरि खर्च बिबरण सार्वजनिक गर्ने तयारी गरेको देखाउदै आउदो आईतवार सबै खर्च सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here