एनआईसी एशिया बैंककाे २८२ औं शाखा गाेंगबुमा

काठमाडौं, २३ बैशाख । एनआईसी एशिया बैंकले काठमाडौंको गोंगबुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

काठमाडौं महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष ख्याम राज तिवारीले गोंगबुस्थित गोंगबु शाखाको आइतबार शाखाको उद्घाटन गरे ।

उक्त शाखा सञ्चालनसँगै अब बैंकको शाखा २८२ पुगेको छ ।

बैंकले २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्दै आएको छ ।

यससँगै मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफल भएको बैंकले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here