भारतमा एकै दिन ७५ हजार कोरोना संक्रमित थपिए

काठमाडौं, १२ भदौं । भारतमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७६० संक्रमित थपिएसँगै संक्रमितको संख्या ३३ लाख १० हजार २३४ पुगेको हो । एकै दिन यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो ।

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६० हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म भारतमा कोरोनाले ६० हजार ४७२ को मृत्यु भइसकेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १ हजार २३ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । भारतमा लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमण तीव्र रुपमा बढिरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here