सामसुङ ग्यालेक्सी नोट २० र नोट २० अल्ट्राको प्रि-बुकिङ अवधि भदौ १९ गतेसम्म

काठमाडौं । सामसुङले ग्यालेक्सी नोट २० र नोट २० अल्ट्राको बुकिङ अवधि बढाएर भदौ १९ गतेसम्मको लागि थप गरेको छ ।

देशका अधिकांश भागहरूमा कोरोनाबाट प्रभावित भएका कारण कम्पनीले प्रि-बुक अवधि भदौ १९ सम्म विस्तार गर्ने निर्णय गरेको छ। यो अवधिभित्र बुकिङ गरे अतिरिक्त फाइदा पाइने कम्पनीले जनाएको छ ।

कम्पनीले मूल्य तथा प्रि-बुक अफरमा ग्यालक्सी नोट २० को नेपाली बजारमा १ लाख १० हजार छ भने ग्यालक्सी नोट २० अल्ट्रा को बजार मूल्य १ लाख ४० हजार तोकिएको छ ।

सामसङको लेटेस्ट नोट सिरिजमा एडभान्स एस पेन, फोटो खिच्‍न, एडिट गर्न र आफ्ना आइडियाहरुलाई सेयर गर्न, कम्प्युटबाट पनि एक्सेस गर्न सकिने, मल्टिटास्किङ सुविधा, शक्तिशाली गेमिङ, सिनेम्याटिक(स्टाइलमा फिलिम बनाउन सकिनेलगायत विशेषता रहेको कम्पनीले जनाएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here