सेयरबजारमा सुधारः नेप्से २२ अंकले बढ्याे, ६३ कराेडकाे काराेबार

काठमाडाैं, २३ बैशाख । केहि दिनयता घट्दै आएको शेयर बजार साेमबार भने झण्डै २२ अङ्कले वृद्धि भएर १,२९९.४१ पुगेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार प्रतिशतकाे आधारमा साेमबार नेप्से १.७० प्रतिशतले वृद्धि भएको हो ।

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०१ अङ्कले बढेको छ । साेमबार १७२ कम्पनीको २० लाख ७५ हजार ४० कित्ता शेयर ६३ करोड ३६ लाख ५३ हजार ५२९ रुपैयाँ मूल्यमा कारोबार भयो ।

स्टकका अनुसार अन्य समूह बाहेक अरु सबै समूहको शेयर वृद्धि भएको छ । अन्य समूह ०.८५ बिन्दुले घटेको छ । बैंक २९.६१, व्यापार १०.३५, होटल १९.८४, विकास बैंक १५.८६, जलविद्युत् ३.३६, वित्त १.७६, निर्जीवन बीमा ४.६६, उत्पादन ७३.३६, लघुवित्त १०.१७ र जीवन बीमा ७५.६९ बिन्दुले बढेका छन् ।

स्टकका अनुसार कारोबारका आधारमा शिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । शिवमकाे सेयर प्रतिकित्ता ३८८ मा चार करोड ९४ लाख १५ हजार १५२ रूपैयाँ बराबरकाे काराेबार भयाे । यस्तै जनता बैंकको तीन करोड ८६ लाख ५४ हजार ६७८ बराबरकाे काराेबार भयाे ।

स्टकका अनुसार आज साल्ट ट्रेडिङ लिमिटेडका शेयरधनीले सबैभन्दा धेरै ९.७८ प्रतिशतले कमाए भने मल्टीपर्पोज फाइनान्स कम्पनीकाले ९.७० र शिवम् सिमेन्टका सेयरधनीले ८.३८ प्रतिशत कमाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here