विम्बलडन टेनिसको आधिकारिक स्मार्टफोन पार्टनर बन्यो ओपो

काठमाडौं, २३ बैशाख । चिनियाँ स्मार्टफोन निर्माता ओपो च्याम्पियनशिप्स, विम्बलडनको पहिलो आधिकारिक स्मार्टफोन पार्टनर र पहिलो एसियाली पार्टनर समेत बन्न सफल भएको छ ।

अल ईंग्ल्याण्ड लन टेनिस क्लब (एईएलटीसी), संग सहकार्य गर्दै ओपो विम्बलडनको पहिलो आधिकारिक स्मार्टफाेन पार्टनर बनेकाे हाे ।

अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले पछिल्ला समयमा खेल जगतमा एफसीबार्सिलोना र ईन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) संग आधिकारिक मोबाइलफोन पार्टनरका रुपमा समेत सहकार्य गरिसकेको छ ।

ओपोको नयाँ सहकार्यलाई ब्राण्डको टेनिस जगतमा पहिलो पाइलाका रुपमालिइएको छ । च्याम्पियनशिप्स २०१९ देखि ५ बर्षका लागि सम्झाैता गरिएको छ ।


विम्बलडन ब्राण्डको सहयोग मार्फत ओपोले यूके र यूरोपेली बजारमा आफ्नो उपस्थितीलाई थप सशक्त बनाउने विश्वास लिएको छ ।

सहकार्यले एईएलटीसीलाई ओपोको उपस्थिती रहेका स्थान, विशेषगरी चीनमा ब्राण्डको बलियो पहिचान स्थापित गर्न सहयोग मिल्ने बताइएको छ ।

विम्बलडनको आदर्श ‘ईन परस्यूट अफ ग्रेटनेस’ र ओपोको उत्पादनमा नवप्रबर्तन र डिजाइनप्रतिको प्रतिबद्धतालाई मध्यनजर राख्दै यो पार्टनरशिपको मुख्यअंश च्याम्पियनशिप्समा ओपोको स्मार्टफोन प्रविधिको प्रयोग हुनेछ ।

ओपोको फ्ल्यागशिप स्मार्टफोन्स फाइण्ड एक्स र नयाँमोडल रेनोको प्रयोगबाट विम्बलडनको सुन्दरतालाई जीवन्तता प्रदान गर्दै कम्पनीले एकिकृृत र थप सटिकरुपमा वैश्विक स्तरमा उपभोक्तासंग अन्तरक्रिया गर्ने आफ्नो उद्देश्य पूरा गर्ने लक्ष्य लिएको छ ।

ओपो स्मार्टफोनका माध्यमबाट खिचिएका तस्विरहरु ओपो विम्बलडन फोटो ग्यालरीमा समाविस्ट गरिने छ ।

विम्बलडनमा प्रतिस्पर्धा गरिरहेका मध्य विलक्षण प्रदर्शन गर्न सफल युवा खेलाडीहरुलाई कम्पनीका तर्फबाट ओपो ब्रेकथ्रो अवार्ड पनि प्रदान गरिने जानकारी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here