डेढ महिनामै नेप्सेको अनलाइन प्रयोगकर्ता दोब्बर वृद्धि

काठमाडौं, १४ भदौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) ले पूर्ण स्वचालित अनलाइन प्रणाली प्रयोगमा ल्याएको दुईवर्ष पूरा हुन लागेपनि लगानीकर्ताको आकर्षण भने बढेको छैन् ।

अनलाइन सेयर कारोबार शुरु भएपछि सेयर बजारले गति लिनुको साथै लगानीकर्ता पनि बढ्ने अपेक्ष गरिएपनि अझैपनि २ लाख २३ हजार २ सय ३८ कारोबारीहरुले ब्रोकरको बाटै (अफलाईन) कारोबार गर्ने गरेका छन् ।

नेप्सेले सार्वजनिक गरेको तथ्यांक अनुसार नेप्सेको अनुसार भदौ ११ गतेसम्म पुँजी बजारमा सक्रिय २ लाख ८७ हजार ८५४ लगानीकर्तामा ६४ हजार ६ सय १६ जनाले मात्रै अनलाईन प्रणाली मार्फत कारोबार गर्ने गरेका छन् ।

अन्य लगानीकर्ताले ब्रोकरबाटै कारोबार गर्ने गरेको तथ्यांकले देखाएको छ । यो कुल सक्रिय लगानीकर्ताको करिब २२ प्रतिशत हो भने कुल लगानीकर्ताको लगानीकर्ताको करिब ३ प्रतिशत हो ।

गत असार ३० गतेसम्म कुल अनलाइन प्रयोगकर्ताको संख्या ३३ हजार ४२९ रहेकोमा साउनदेखि यता डेढ महिनाको अवधिमा अनलाइन प्रयोगकर्ताको संख्या दोब्बरले बढेको छ ।

नयाँ आर्थिक वर्ष सुरु भए (साउन) यता मात्रै ३१ हजार १८७ अनलाइन प्रयोगकर्ता थपिएका छन् । साउन लागे यता औसतमा दैनिक ७६० जना अनलाइन प्रयोगकर्ता थपिएको नेप्सेले जनाएको छ।

पछिल्लो समय नेप्सेले अनलाइनबाटै युजर आइडी र पासवर्ड लिन सकिने व्यवस्था गर्दिएसँगै अनलाइन प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको हो ।

यस्तै, ब्रेकर कार्यालयहरुले पनि अनलाइन प्रणालीबाटै टीएएमएसको युजर नेम र पासवर्ड सहजै उपलब्ध गराउन थालेकाले लगानीकर्ता यसप्रति आकर्षित भएका हुन् ।

गत मंसिरसम्ममा यस्तो संख्या जम्मा करिब १५ हजार हाराहारी मात्र थिए ।

नेप्सेले प्रयोगमा ल्याएको पूर्ण स्वचालित अनलाइन प्रणाली लगानीकर्ता मैत्री नभएको र झन्झटिलो प्रक्रिया रहेकाले यसप्रति आकर्षित हुन नसकेका लगानीकर्ता बताउँछन् ।

अनलाईन शेयर कारोबारीको संख्या बढ्न नसक्नुमा कतियप लगानीकर्ताले यसको प्रयोग गर्ने तरिका नजान्नु, न्यूनतम २५ प्रतिशत रकम ब्रोकरको खातामा अग्रिम जम्मा गर्नुपर्ने व्यवस्था नै असहज रुपमा देखिएको थियो ।

तर, अहिले ब्रोकरमा गएर सेयर कारोबार गर्दा कोरोना सर्ने जोखिम बढ्नुका साथैब्रोकरको स्क्रीन रुम समेत बन्द रहेकाले अनलाइन प्रयोगकर्ता बढ्न थालेका हुन् ।

यसअघि अनलाइनको युजर आइडी र पासवर्ड लिन ब्रोकर कार्यालयमै गएर भौतिक फारम भरेर बुझाउनु पर्ने झन्झटिलो व्यवस्था थियो ।

अहिले सेयर कारोबारको भुक्तानीसमेत अनलाइन प्रणालीबाटै हुने गरेको छ । सेयर किनबेच गरेको पैसा ब्रोकबर कार्यालयहरुले पनि अनलाइनबाटै लगानीकर्ताको खातामा पठाउन थालेका छन् भने लगानीकर्ताले पनि ब्रोकरको खातामा जम्मा गर्दिने गरेका छन् ।

यसरी सेयर कारोबारको पैसा समेत लिन/दिन ब्रोकर कार्यालय जानु नपर्ने व्यवस्था भएपछि लगानीकर्तालाई सहज भएको छ ।

कोरोनाका कारण ब्रोकर कार्यालयमै आएर कारोबार गर्दा संक्रमणको जोखिम बढ्ने र ब्रोकरको स्क्रीन रुमसमेत बन्द भएकाले अनलाइनको युजर आइडी र पासवर्ड लिनेको संख्या ह्वात्तै बढेको ब्रोकरहरु बताउँछन् ।

लगानीकर्ताको रोजाईमा कुन ब्रोकर

सेयर कारोबार गर्ने ५० ब्रोकरमध्ये एउटा मात्रै ब्रोकरमा ५ हजारभन्दा बढी अनलाइन प्रयोगकर्ता रहेका छन् । त्यस्तै, २ ब्रोकरमा ४ हजारभन्दा बढी, ५ ब्रोकरमा २ हजारभन्दा बढी, १५ ब्रोकरमा १ हजारभन्दा बढी र ९ वटा ब्रोकरमा ५००भन्दा कम अनलाइन प्रयोगकर्ता रहेका छन् ।

सबैभन्दा धेरै अनलाइन प्रयोगकर्ता नासा सेक्यूरिटीजमा रहेका छन्। सो ब्रोकरबाट कारोबार गर्ने कुल ९ हजार ९१३ सक्रिय लगानीकर्तामध्ये आधाभन्दा बढी अर्थात् ५ हजार २७६ लगानीकर्ताहरुले अनलाइन प्रणाली प्रयोग गरिरहेका छन्।

सबैभन्दा थोरै अनलाइन सेवा लगानीकर्तालाई दिने ब्रोकरमा सगरमाथा सेक्यूरिटीजमा अनलाइन प्रणाली प्रयोग गर्ने लगानीकर्ता सबैभन्दा कम छन्। सो ब्रोकरबाट कारोबार गर्ने करिब २ हजार ८५० सक्रिय लगानीकर्ताहरुमध्ये ११८ जनाले मात्र अनलाइन प्रणालीबाट सेयर कारोबार गर्ने गरेका छन् ।

अर्थमन्त्री डा. खतिवडाले २०७५ साल कात्तिक २० गते निकै तामझामका साथ तारे होटलमा अनलाइन प्रणाली उद्घाटन गरेका थिए । पुस १७ गतेदेखि सेयर बजारमा अनलाइन प्रणाली लागू भएको थियो ।

सम्बन्धित

नेप्सेको टीएमएसमा समस्या आउँदा कोराबार रोकियो, लगानीकर्ता रुष्ट

यसरी लिनुहोस् अनलाइन सेयर कारोबारको लागि घरबाटै युजरनेम र पासवर्ड

नेप्सेको अनलाइन प्रयोगकर्ताको संख्या ४७ हजार नाघ्यो, रोजाईमा कुन ब्रोकर ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here