एनएमबी बैंक र आईएमएसबीच मोबाइल किन्न कर्जा प्रदान गर्ने सम्झौता

काठमाडौं, १४ भदौं । एनएमबी बैंक र सामसङ मोबाइलको अधिकृत बिक्रेता आईएमएसबीच मोबाइल खरिद गर्दा ग्राहकलाई कर्जा प्रदान गर्ने सम्झौता भएको छ।

समझदारीपत्रमा बैंकका रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र आईएमएसका तर्फबाट सेल्स एन्ड अपरेसन प्रबन्धक नारायणप्रसाद भुसालले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार ग्राहकले मोबाइल किन्दा बैंकबाट ईएमआई कर्जा पाउनसक्नेछन्।

सम्झौताअनुसार एनएमबीका ग्राहकले सामसङको अधिकृत बिक्रेता आईएमएसबाट स्मार्टफोन र अन्य ग्याजेट किन्दा एनएमबी सुलभ किस्ता योजनाअनुसार ९ महिनासम्म सरल किस्तामा सामान किन्न पाउनेछन्।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here