हिमालय एयरलाइन्सको छैठौं चरणको चार्टर्ड उडान तालिका र भाडादर सार्वजनिक

काठमाडौं, १४ भदौं । विदेशमा अलपत्र नेपाली फर्काउन हिमालय एयरलाइन्सले उद्धार चार्टर्ड उडानको तालिका र भाडादर सार्वजनिक गरेको छ।

एयरलाइन्सले आगामी १७ देखि असोज १३ गतेसम्म १० वटा उद्धार उडानको तालिका र भाडादर सार्वजनिक गरेको हो । हिमालयले सार्वजनिक गरेको उडान तालिका अनुसार पहिलो उडान १७ गते अर्थात् सेप्टेम्बर २ मा काठमाडौं–माले–काठमाडौं उडान हुनेछ।

त्यस्तै, सेप्टेम्बर ३, ६, ८, २३ तारिखमा काठमाडौं–दोहा–काठमाडौं, सेप्टेम्बर ९, १७, २२ र २९ तारिखमा काठमाडौं–दमाम–काठमाडौं (साउदी अरेबिया) र सेप्टेम्बर १५ मा काठमाडौं–कुवेत–काठमाडौं एउटा उडान हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार माले–काठमाडौं उडानको लागि ४८० अमेरिकी डलर, दोहा–काठमाडौंको लायिग ३९२ अमेरिकी डलर, दमाम–काठमाडौंको लागि ४६५ अमेरिकी डलर र कुवेत–काठमाडौंको लागि ४१० अमेरिकी डलर भाडादर तोकिएको छ।

सरकारको निर्णयअनुसार कोभिड–१९ महामारीबाट विभिन्न मुलुकमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने अनुमतिअनुरुप उडान तालिका बनाइएको हिमालयले जनाएको छ।

कम्पनीका अनुसार उडानमा सहभागी यात्रुले पीसीआर परीक्षण भएको रिपोर्ट अनिवार्य देखाउनुपर्नेछ र रिपोर्ट नेगेटिभ आएको हुनुपर्नेछ। त्यस्तै काठमाडौंमा होटल बुकिंग भएको कागजात समेत देखाउनुपर्नेछ। विमान ८५ प्रतिशत अकुपेन्सी नभए चार्टर्ड उडान नहुने पनि बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here