किन खाने रुख कटहर ? यस्ता छन् फाइदाहरु…

काठमाडौं । हामीले खाने प्राय खानेकुराहरूले हाम्रो शरिरलाई कुनै न कुनै रुपमा फाइदा गरिरहेकै हुन्छ । हामीलाई खाने फलफुलहरू त हाम्रा लागि निकै फाइदा जनक हुन्छन् । यस्तै, हाम्रो शरिरलाई निकै फाइदा दिने गर्छ ।

रुख कटहर फलहरूमध्ये एक महत्वपूर्ण फल पनि हो । नेपालको सन्दर्भमा रुख कटहर तराईदेखि पहाडसम्म पाइन्छ । यो फल विशेष गरी तरकारीमा प्रयोग हुने भएकोले धेरै उपयोगी मानिन्छ ।

कतिपय स्थानमा यसको सेवन गुणकारी मानिन्छ भने कतिपय मानिस यसलाई रुचाउँदैनन् ।

रुखकटहरलाई मीठो तथा पौष्टिक तरकारीका रूपमा खाइन्छ । काँचो छँदा तरकारी खाइने भए पनि पाकेपछि यसको फल खाइन्छ । यसको फल मात्र नभई बियाँसमेत उत्तिकै पौष्टिक तथा गुणकारी मानिन्छ । रुखकटहरमा थुप्रै पौष्टिक तत्व पाइनछ ।

यसमा भिटामिन ए, सी, थाइमिन, पोटासियम, क्याल्सियम, आइरन, नियासिन एवं जिंकजस्ता थुप्रै तत्व पाइन्छन् । यसमा फाइबर पनि प्रशस्त पाइन्छ ।

यसमा कत्ति पनि क्यालोरी हुँदैन । पाकेको कटहरको गुदीलाई राम्रोसँग मिचेर पानीमा उमाल्ने । सेलाएपछि यसको गिलास पिउँदा शरीरमा ताजगी पैदा हुन्छ । यो मुटुरोगीका लागिसमेत उपयोगी मानिन्छ ।

रुखकटहरमा पोटासियम पाइने भएकाले यसले मुटुका हरेक समस्यामा राम्रो गर्छ । यसले रक्तचाप कम गराउँछ । रुख कटहरमा पर्याप्त आइरन पाइन्छ तसर्थ यसको सेवन गर्दा एनिमिया हुन पाउँदैन । शरीरमा रक्तसञ्चार समेत राम्रो पार्छ ।

रुख कटहरको जरा दमको रोगीका लागि लाभदायक मानिन्छ । यसको जरालाई पानीमा मज्जासँग उमालेर त्यसलाई छानेर पिउँदा दम नियन्त्रण हुन्छ । थाइराइड रोगीका लागि पनि यो हितकारक हुन्छ । यसमा पाइने सूक्ष्म खनिज तथा कपरले थाइराइड रोगीलाई फाइदा पुर्‍याउँछ ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here