नेप्से सामान्य अंकले बढ्यो, १ अर्ब ६१ करोडको कारोबार

काठमाडौं, १४ भदौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

टीएमएसमा समस्या आएर बीचमा केही समय रोकिएपछि बेलुकी सवा ५ बजेसम्म कारोबार भएको बजारमा परिसूचक ४.६४ अंकले बढेर १४६२ अंकमा पुगेको हो ।

यसदिन १८६ कम्पनीको १ अर्ब ६१ करोड ४५ लाख ५४ हजार ३०० रुपैयाँ बराबरको कारोबार भएको छ । ३६ लाख ८५ हजार ९६३ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ९ वटा समूहको परिसूचक ओरालो लागेका छन् भने ३ समूहको सूचक उकालो लागेका छन् ।

आज जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ४६.३२ अंकले बढेको छ भने बैंकिङ समूहको परिसूचक ७.४४ अंकले घटेको छ ।

जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर किनबेच भएको छ । कम्पनीको ३१ करोड ४० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ७ सय ५५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, एनआरएन इन्फ्राइस्टस्चरको ११ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.७६ प्रतिशतले बढेर प्रतिकित्ता ४ सय ५ रुपैयाँ पुगेको छ । आइतबार कारोबार शुरु भएको केही समयमै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here