समाज लघुवित्तको आईपीओ सोमबार दिउँसो दुई बजे बाँडफाँड

काठमाडौं, १५ भदौं । समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर (आईपीओ) सोमबार बाँडफाँड हुने भएको छ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार दिउँसो दुई बजे सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँड हुनेछ ।

यसअघि शनिबार बाँडफाँड गरिने भनिएको तर प्राविधिक समस्याका कारणले बाँडफाँड भएको थिएन् ।

संस्थाले गत भदौ ४ गतेदेखि भदौ ८ गतेसम्म निष्काशन गरेको आईपीओको शुक्रबार प्रिअलोटमेन्ट भएको छ ।

जस अनुसार ८ हजार ७० जना आवेदकले १० कित्ताको दरले संस्थाको सेयर पाउने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार उक्त आईपीओमा परेको आवेदन मध्ये ५ लाख ४७ हजार ३ सय ७० वटा आवेदन योग्य भएका छन् भने बाँकी १६ हजार ७ सय ६८ वटा आवेदन रद्द भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here