नेपालले तीन मुलुकसँग हवाई सम्झौता गर्ने

काठमाडौं, १४ भदौ । नेपालले थप तीन मुलुकसँग हवाई सम्झौता गर्ने भएको छ । त्यसका लागि प्रक्रिया अगाडी बढाउने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले रसिया, फिनल्याण्ड र इन्डोनेसियासँग हवाई सम्झौता गर्ने प्रक्रियालाई गति दिने निर्णय गरेको मन्त्रालयले उल्लेख गरेको छ । बैठकले १६ भदौपछि हुने नेपालीहरुको स्वदेश फिर्ती अभियानलाई सहज बनाउने उद्देश्यले एक समिति समेत गठन गरेको छ ।

उडानको अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ । सरेन्द्र थापा,नेपाल नागरिक उड्डयन प्राधिकरणका हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुुनिल शर्मा रहेका छन ।

बैठकले नियमित उडान हुने हुदाँ वायुसेवा कम्पनीहरुले कोभिड १९को महामारी पूर्व नियमित अवस्थामा लिने हवाई भाडादर भन्दा बढी नलिन तर्फ सवै वायुृसेवा निगमहरुसँग समन्वय गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत वायुसेवा कम्पनीलाई सचेत गराउने निर्णय समेत गरेको छ ।

समितिलाई हवाई उडान भाडादर यात्रुहरुको परिवहनका विषयमा अनुगमन गर्ने, होटलले प्रदान गर्ने मापदण्डको विषयमा स्थलगत अनुगमन गरी पृष्ठपोषण गर्ने, हान लगायतका संघ संस्थाहरुसँग आवश्यक समन्वय गर्ने र स्वदेशी फिर्ता प्रकृयासँग जोडिएको गुनासो ब्यवस्थापन गर्ने कार्यादेश तोकिएको छन् ।

बैठकले हिमाल आरोहणका लागि खटाईने सम्पर्क अधिकृत र रेस्क्यु लगायतका विषयमा मापदण्ड र कार्यविधि बनाउने निर्णय समेत गरेको छ ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयको वाषिर्क कार्ययोजनामा समावेश गरिएका माइलस्टोनलाई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिएको मन्त्रालयले उल्लेख गरेको छ ।

सम्बन्धितः

नेपाल र यूएइबीच हवाई सम्झौता पुनरावलोकन हुने

नेपाली एयरलाइन्सलाई चीनका १५ विमानस्थल खुला, सातामा ९८ उडान

हवाई पार्किङ शुल्कमा ७५ प्रतिशत छुट, डिमरेज चार्ज पनि नलाग्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here