काठमाडौं, १५ भदौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल विक्री गर्न लागेको हो ।
केन्द्रीय बैंकले ९१ दिनको लागि जारी ट्रेजरी बिल सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । यो ट्रेजरी २०७७ साल मंसिर ८ गते परिपक्व हुनेछ ।
लगानीकर्ताले अनलाइनमार्फत बोलकबोल गर्न सक्नेछन्।
ट्रेजरी बिल एक वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।