थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १५ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको ११ हजार १ सय २९ पीसीआर परीक्षणमा ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४६० जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २१ हजार ४१० उपचारपछि निको भएका छन्। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here