रिलायबल नेपाल लाइफ इन्स्योरेन्स चौथो वर्षमा

काठमाडौं, १५ भदौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सोमबारदेखि चौथो वर्षमा प्रवेश गरेको छ ।

३ वर्षको अवधिमा कम्पनीले विभिन्न १७ प्रकारका बीमा योजना ल्याएको बताएको छ । गत आर्थिक वर्षमा कुल रू. १ अर्ब ६० करोड बीमा शुल्क संकलन गरेको कम्पनीले जानकारी दिएको छ ।

यस्तै कम्पनीले हाल २८ वटा आउटलेटहरु सञ्चालनमा ल्याई बीमासम्बन्धी सेवा प्रवाह गरिरहेको पनि बताएको छ ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले ७ वटै प्रदेशस्थित विभिन्न संघसंस्थाहरुलाई कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रकारको सहयोगहरु गरेको जानकारी पनि कम्पनीले दिएको छ ।

त्यसैगरी कम्पनीलाई सफलतापूर्वक तेस्रो वर्ष पार गर्न सहयोग गर्ने बीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, संस्थापक, कर्मचारी, पत्रकार तथा सम्पूर्ण शुभचिन्तक तथा सरोकारवालाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

सम्बन्धित:

रिलायबलको ‘सुलभ बाल जीवन र सुलभ जीवन बीमा’ मा आकर्षण बढ्दो

रिलायबल लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, आईपीओ जारी गर्ने प्रस्ताव पारित

घातक रोग विरुद्ध जीवन बीमा कम्पनी, कुनको पोलिसी कस्तो ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here