भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन

काठमाडौं, १५ भदौं । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ। कोरोना पुष्टि भएका ८४ वर्षीय मुखर्जीको उपचारका क्रममा निधन भएको हो।

उनका छोरा अभिजितले मुखर्जीले निधनको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । बीबीसीले पनि मुखर्जीको निधन पुष्टि गरेको छ ।

मुखर्जीको ब्रेन सर्जरी गरिएको थियो। त्यसयता उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको थियो। केहीसातादेखि उनी ‘डिप कोमा’ मा रहेको अस्पतालले जनाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here