मनसुन फेरि सक्रिय, धेरै स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, १६ भदौं । न्यून चापीय रेखा नेपालको दक्षिण क्षेत्रमा आएपछि फेरि मनसुन सक्रिय भएको छ।

जसले गर्दा मंगलबार धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानमान महाशाखाका अनुसार पहिला जस्तो न्यून चापीय रेखा एकै स्थानमा नबसेर तलमाथि गरिरहेको छ। त्यसकारण एकै स्थानमा लामो समयसम्म वर्षा नभएर केही स्थानमा मात्र भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा प्रदेश नम्बर १, २, बागमती, गण्डकी र प्रदेश ५ का धेरै स्थानमा भारी वर्षा हुने सम्भावना छ।

दिउँसो पनि देशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यो सम्भावना पूर्वदेखि पश्चिमसम्मै रहेको मौसमविद् दाबी छ । यसैको प्रभावले अब कम्तीमा ३ दिन देशमा अलि धेरै स्थानमा वर्षा हुने सम्भावना बढेको हो।

भदौं १६ गते (मंगलबार)

दिउँसो : देशभर सामान्यतया बदली रहि धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रहि केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

भदौं १७ गते (वुधबार)

दिउँसो : देशभर सामान्यतया बदली रही बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक/दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भदौं १८ गते (बिहिबार)

दिउँसो : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक/दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here