डिभी चिठ्ठाकाे नतिजा सार्वजनिक, आफूलाई परे नपरेकाे कसरी हेर्ने ?

काठमाडाैं, २४ बैशाख । अमेरिकन डाइभर्सिटी भिसा (डिभी)को सन् २०२० को नतिजा साेमबार राती सार्वजनिक भएको छ ।

गत वर्षको असोज १७ देखि कात्तिक २० गतेसम्म २०२० काे लागि डिभी फर्म खुलाइएको थियो । त्यतिखेर फर्म भरेका मानिसहरुमध्येबाट विश्वभरका गरी ५० हजारलाई डिभीको चिठ्ठा पर्छ ।

विजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा अमेरिकाको भिसा प्राप्त गर्नेछन्।

विभिन्न देशका मानिसहरू भित्र्याउने उद्देश्यले अमेरिकाले सन् १९९१ देखि सुरु गरेको यो कार्यक्रम नेपालमा धेरै नै लोकप्रिय छ । प्रत्येक वर्ष लाखौं नेपालीले डिभी चिठ्ठाको फर्म भर्ने गर्छन् ।

आफूलाई परे नपरेकाे कसरी हेर्ने ?

डीभी चिट्ठाको नतिजा अमेरिकी सरकारको वेवसाइट डिभीलाेटरी डट स्टेट डट गभ मा गएर हेर्न सकिन्छ ।

त्यसको लागि डिभी फर्म भर्दा प्राप्त गरेको कन्फर्मेशन नम्बर अनिवार्य हान्नु पर्छ । इमेल अथवा अन्य माध्यमद्वारा डिभी परेको वा नपरेको जानकारी दिइँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here