फेरि उकालो लाग्यो अमेरिकी डलर, यस्तो विदेशी मुद्रा विनिमय दर

काठमाडौं, १६ भदौं । अघिल्लो दिनको तुलनामा अमेरिकी डलर केहि मंहगिएको छ ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार मंगलबारको लागि अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८ पैसा रहेको छ ।

आइतबार र सोमबार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा रहेको थियो ।
अन्य विदेशी विनिमयहरुको दरपनि केहि मंहगिएको छ ।

यूरो एकको खरिददर १४० रुपैयाँ २० पैसा र बिक्रीदर १४० रुपैयाँ ९२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । पाउण्ड स्टर्लिङ एकको खरिददर १५६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५७ रुपैयाँ ३९ पैसा तोकेको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ४५पैसा र बिक्रीदर ८६ रूपैयाँ ८९ पैसा रहेको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा रहेको छ ।

एक बहराईन दिनारको बिक्री मुल्य ३११ रुपैयाँ ५९ पैसा र खरिददर ३१३ रुपैयाँ १८ पैसा रहेको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here