भारतीय अर्थतन्त्र तीव्रदरले खुम्चियो, दोस्रो त्रैमासमा २३.९ प्रतिशतको गिरावट

काठमाडौं, १६ भदौ । भारतीय अर्थतन्त्र इतिहासकै तीव्रदरले खुम्चिएको छ ।

सन् २०२० को दोस्रो त्रामासिक तथ्यांक अनुसार भारतीय अर्थतन्त्र सन् २०२० को अप्रिलदेखि जुनसम्ममा २३.९ प्रतिशतले खुम्चिएको छ। यो इतिहासमै पहिलो पटक हो ।

तथ्यांक मन्त्रालयका अनुसार निर्माण क्षेत्रमा ५१ प्रतिशतले घटेको छ। उत्पादन क्षेत्र ३९ र सेवा क्षेत्र ४७ प्रतिशतले घटको छ। माइनिङ क्षेत्र पनि ४१ प्रतिशतले घटेको छ।

भारत तीव्र गतिमा विस्तार हुँदै गरेको संसारको सबैन्दा ठूलो अर्थतन्त्र हो । भारतमा ३६ लाखभन्दा बढीमा कोभिड–१९ रोग पुष्टि भइसकेको छ ।

पछिल्लो २ वर्षदेखि भारतीय अर्थतन्त्रको वृद्धिदर निरन्तर ओरालो लाग्दै आएको थियो। अहिले कोरोना भाइरसले भने यसलाई ऋणात्मक बनाइदिएको छ।

मोदीले भारतको अर्थतन्त्रको आकार सन् २०२४ सम्म ५ ट्रिलियन डलरको बनाउने घोषणा गरेका थिए, गएको चुनावमा । उनले सन् २०२४ मा तेस्रो पटक प्रधानमन्त्री हुने अपेक्षा राखेको देखिन्छ ।

सन् २०१९ मा भारतको अर्थतन्त्रको आकार २।९ ट्रिलियन डलर रहेको छ । भारत हाल अमेरिका, चीन, जापान र जर्मनी पछाडि सबैभन्दा ठूलो अर्थतन्त्र हो । तर, धेरै अर्थशास्त्रीहरुको बुझाइमा आगामी वर्ष भारतको अर्थतन्त्र अहिलेको भन्दा १० प्रतिशत सानो हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here