थप १ हजार ६९ जनामा कोरोना संक्रमण, ७ सय ६८ जना डिस्चार्ज

काठमाडौं, १६ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १२ हजार ८८ पीसीआर परीक्षणमा १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४० हजार ५२९ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ७ सय ६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २२ हजार १७८ उपचारपछि निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here