कोरोना संक्रमणबाट चार वर्षीया बालिकासहित थप ११ जनाको मृत्यु

काठमाडौं, १६ भदौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशको विभिन्न अस्पतालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु हो ।

मृत्यु हुनेमा महोत्तरीका चार वर्षीया बालिका र ३७ वर्षीय पुरुष, सिरहाका ६५, पर्साका ५३, ६० र ८० वर्षका पुरुष, बाराका ६०, चितवनका ५२, काठमाडौंका ३५ र ७० तथा मकवानपुरका ५८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here