सडकमा फलफूल बेच्ने पाकिस्तानी महिलालाई राजदूतले दिए घर उपहार

काठमाडौं, २४ वैशाख । पकिस्तानको लागि युएईका राजदूत हमाद ओवेद इब्राहिम सलेम अल जाबीले सडकमा फलफूल बेचेर गुजारा गर्ने एक पाकिस्तानी विधवा महिलालाई अत्याधुनिक ‘फुल्ली फर्निस्ड’ अपार्टमेन्ट उपहार दिएका छन् ।

सडकमा फलफूल बेचेर चार सन्तानलाई पढाइरहेकी ती महिला यास्मीनको बारेमा राजदूतले टुइटर प्रयोगकर्ता जलाज सेराजीको टुइटबाट थाहा पाएका थिए ।

‘उनी यास्मीन हुन् उनका तीन छोरी र एक छोरा कक्षा दुईमा पढ्छन् र उनको पतिको मृत्यु भैसकेको छ । उनले आफ्ना बच्चाहरुलाई खाना खुवाउन पनि संघर्ष गर्नुपर्छ । दैनिक सडकमा बसेर फलफूल बेचेर उनले थोरै आम्दानी गर्छिन्,’ सेराजीले टुइटरमा जनवरी ६ मा पोस्ट गरेका थिए ।


त्यसपछि उनको बारेमा खोजी गरेर उनको स्टलमा गएका थिए । केहि समयपछि युएईको दूतावासले अल जाबी यास्मीनको स्टलमा गएको र उनको संघर्षलाई ‘पाकिस्तानी महिलाको एक उदाहरण’को भएको बताएको भन्दै टुइट गरेको थियो ।

अहिले अल जाबीले उनलाई घर उपहार दिएका छन् । गत मे ५ मा दूतावासले पोस्ट गरेको छ, ‘महामहिम राजदूत हमाद ओवेद अल जाबीले मोहम्मद बिन रसीद अल मोख्तुम च्यारिटेबल र ह्युमानिटेरियन संस्थाको सहयोगमा पाकिस्तानी फलफूल बिक्रेता विधवा यास्मीनको आफ्नो ४ जना सन्तानको लागि इस्लामावादमा घर बनाउने इच्छा पूरा गरिदिनुभएको छ ।’

दूतावासले यस्तो परोपकारी कार्यले युएईको सहनशिलताको वर्षको लक्ष्यलाई सघाउने समेत प्रकाश पारेको छ ।
सेराजी लगायत धेरै सामाजिक सञ्जालका प्रयोगकर्ताले राजदूतको यस्तो सहयोगी कार्यको मुक्त कण्ठले प्रशंसा गरेका छन् ।

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here