अमेरिकी डलर ७ महिनायताकै सस्तो, एक डलरबराबर ११६ रुपैयाँ २९ पैसा

काठमाडौं, १७ भदौं । अमेरिकी डलर सस्तिएको छ ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार बुधबारको लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ २९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८९ पैसा रहेको छ ।

यूरो एकको खरिददर १३९ रुपैयाँ २३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पाउण्ड स्टर्लिङ एकको खरिददर १५६ रुपैयाँ ४० पैसा र बिक्रीदर १५६ रुपैयाँ ९५ पैसा तोकेको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ८१ पैसा र बिक्रीदर ८६ रूपैयाँ २५ पैसा रहेको छ ।

त्यसैगरी, एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३२ रुपैयाँ १० पैसा रहेको छ ।

एक बहराईन दिनारको बिक्री मुल्य ३१० रुपैयाँ ५ पैसा र खरिददर ३०८ रुपैयाँ ४६ पैसा रहेको छ । भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here