नेप्से २५.५८ अकंले बढ्यो, ४ अर्ब १८ करोड बढीको कारोबार

काठमाडौं, १७ भदौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

नेप्से परिसूचक बुधबार २५.५८ अंकले बढेको १५१०.५७ बिन्दुमा पुगेको हो ।

यसदिन १८६ कम्पनीको ४ अर्ब १८ करोड १० लाख ३६ हजार ११५ रुपैयाँ बराबरको कारोबार भएको छ । ९६ लाख ८६ हजार ९ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये १० वटा समूहको परिसूचक उकालो लागेका छन् भने बीमाको दुई समूहको सूचक ओरालो लागेको छ । यो लकडाउन यताकै सर्वाधिक कारोबार हो ।

कारोबारमा अनपेक्षितरुपमा सबैजसो हाइड्रोपावरको सेयर मूल्य बढेको छ । अत्याधिक कारोबार गर्ने कम्पनीहरुमा अधिकांश बीमा कम्पनी रहेका छन् । आज अत्याधिक कारोबार गर्ने कम्पनीहरुमा अधिकांश बीमा कम्पनी रहेका छन् ।

त्यसमा सबैभन्दा बढी पुनर्बीमा कम्पनीको ६४ करोड ७० लाख बढीको कारोबार भएको छ ।

त्यस्तै, शिखर इन्स्योरेन्सको १७ करोड ३३ लाख बढी, नेशनल लाईफ इन्स्योरेन्सको १६ करोड ३३ लाख भन्दा बढी, नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ७० लाख बढी, लाईफ इन्स्योरेन्स कम्पनीको १४ करोड ६० लाख बढी कारोबार भएको छ ।