एकैदिन ११ सय १२ जना कोरोना संक्रमित संक्रमणमुक्त

फाइलफोटो

काठमाडौं, १७ भदौं । पछिल्लो २४ घण्टामा ११ सय १२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न क्षेत्रमा रहेका संस्थागत र होम आइसोलेसनमा रहेका उनीहरू कोरोना संक्रमणमुक्त भएका हुन्। यो एकैदिन निको हुने अहिलेसम्मकै धेरे संख्या हो।

योसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या २३ हजार २९० पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १०८ छ। जसमा १ सय ६२ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार १८ जना भेन्टिलेटरमा र १४४ जना संक्रमित आइसियुमा उपचाररत रहेका हुन् । सबैभन्दा बढी बागमती प्रदेशमा ८१ जना आइसियुमा र १४ जना भेन्टिलेटरमा छन्। त्यस्तै प्रदेश १ मा ७ जना आइसियु र १ जना भेन्टिलेटरमा छन्।

मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा ३०, प्रदेश ५ मा २० आइसियु र ३ जना भेन्टिलेटरमा र गण्डकी प्रदेशमा ६ संक्रमित आइसियुमा उपचाररत छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here