सिटी एक्सप्रेसलाई प्राप्ति गर्न इन्भेष्टमेन्ट बैंकले गर्‍यो अन्तिम सम्झौता

काठमाडौं, १८ भदौं । सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गर्न नेपाल इन्भेष्टमेन्ट बैंकले अन्तिम सम्झौता गरेको छ। बैंक सञ्चालक समितिको बुधबार बसेको बसेको उक्त निर्णय गरेको हो।

यस्तै, बैठकले बैंक र फाइनान्सको स्वाप रेसियो पनि टुंगो लगाएको छ । सिटी एक्सप्रेस फाइनान्सलाई १००:३० अनुपातमा प्राप्ति गर्ने भएको छ ।

अब यो सेयर स्वाप रेसियोअनुसार सिटी एक्सप्रेस फाइनान्सको १०० कित्ता सेयरबराबर नेपाल इन्भेस्टमेन्ट बैंकको ३० कित्ता सेयरबराबर हुनेछ।

यही सेयर स्वाप रेसियो प्रदान गर्ने गरी सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौता पनि गरिएको बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्था एक आपमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम फाइनान्सको शेयर कारोबार २०७६ पुस २८ गतेदेखि रोक्का रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here