राष्ट्रियसभामा वामदेव गौतमलाई पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं, १८ भदौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सकिएको सचिवालय बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

सचिवालयको निर्णयपछि अब सरकारले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गर्नेछ।

राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमा गौतम वा खतिवडा कसलाई सिफारिस गर्ने भन्ने विषयमा नेकपामा विवाद थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here