कर्फ्युका कारण ललितपुर सुनसान, मत्स्येन्द्रनाथको क्षमापूजा

काठमाडौं, १९ भदौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले चक्रपथ क्षेत्रभित्र शुक्रबार बिहान चार बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।

ललितपुर महानगरपालिले स्थिति नियन्त्रणभन्दा बाहिर नजाओस भन्नको लागि आफूहरुले कर्फ्यु लगाउने निर्णय गरेको हो । कर्फ्युका कारण लिलितपुर सुनसान छ ।

अहिलेसम्मम कर्फ्यु जारी गरिएको क्षेत्रमा उल्लंघन भएको सूचना प्राप्त नभएको प्रहरीले जनाएको छ ।

बिहीबार मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएपछि थप प्रदर्शनको सम्भावनाको आशंका गर्दै ललितपुरमा शुक्रबार बिहानदेखि कर्फ्युको घोषणा गरिएको हो ।

रातो मत्स्येन्द्रनाथको शुक्रबार १० बजे क्षमा पूजा भएको छ । शुक्रबार ८ जना पुजारीको सहभागितामा क्षमा पूजा गरिएको रातो मछिन्द्रनाथ पुजारी संघले जनाएको छ ।

रथ भने आइतबार औपचारिकताको लागि मात्र तानिने छ। भोटो भने नदेखाई जात्रा समापन गर्ने तयारी थालिएको छ ।

कोरोना भाइरस महामारीले गर्दा यो वर्ष सरकारले मानिस जमघटमा प्रतिबन्ध लगाएको छ। संक्रमण फैलने त्रासको कारणले यो वर्ष मनाइने सबै जात्रा स्थगित गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here