‘स्वास्थ्य मन्त्रालयले प्रमाणित गरेका रिपोर्टलाई बीमा कम्पनीले शंका गर्नु आपत्तिजनक’

काठमाडौं, २० भदौं । स्वास्थ्य मन्त्रालयले प्रमाणित गरेका रिपोर्टलाई निजी या व्यापारिक स्वार्थको लागि शंका गर्नु आपत्तिजनक कुरा भएको बताएको छ ।

निजी प्रयोगशालाको पीसीआर रिपोर्ट सरकारलाई मान्य हुने तर बीमा कम्पनीलाई किन मान्य नहुने भन्दै स्वास्थ्य मन्त्रालयले प्रश्न गरेको हो ।

निजी प्रयोगशालाले दिएको पीसीआर रिपोर्टलाई बीमा कम्पनीले दावीको रकम दिन पनि आनाकानी गरेपछि मन्त्रालयले प्रमाणित गरेर पूर्ण मान्यता दिइएकाले अरुले पनि यसैलाई आधिकारिक मान्नुपर्ने बताएको हो ।

बीमा समितिले कारोना बीमा कार्यविधिलाई देखाउँदै निजी ल्याबबाट परीक्षण गर्नेलाई दाबी भुक्तानी नदिनबीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो ।

पछिल्लो समय निजी प्रयोगशालाबाट नक्कली रिपोर्ट ल्याएर दाबी भुक्तानी गर्ने क्रम बढेको आशंका गर्दै समितिले यस्तो निर्देशन दिएको हो ।

निजी प्रयोगशालाबाट कोरोना परीक्षण गर्नेलाई बीमा दाबी भुक्तानी नदिन निर्देशन

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here