अमेरिकी डलर सस्तियो, एक डलरबराबर ११६ रुपैयाँ ७२ पैसा

काठमाडौं, २० भदौं । अमेरिकी डलर सस्तिएको छ ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार शनिवारको लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा रहेको छ ।

यूरो एकको खरिददर १३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पाउण्ड स्टर्लिङ एकको खरिददर १५५ रुपैयाँ २ पैसा र बिक्रीदर १५५ रुपैयाँ ८१ पैसा तोकेको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८४ रूपैयाँ ९८ पैसा र बिक्रीदर ८५ रूपैयाँ ४२ पैसा रहेको छ ।

त्यसैगरी, एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा रहेको छ ।

एक बहराईन दिनारको बिक्री मुल्य ३११ रुपैयाँ १६ पैसा र खरिददर ३०९ रुपैयाँ ५७ पैसा रहेको छ । भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here