कोरोनाबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या २८० पुग्यो

काठमाडौं, २० भदौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार कोरोना संक्रमणबाट काठमाडौंमा तीन सहित थप ९ जनाको मृत्यु हो ।

उनका अनुसार मोरङकी ४३, मकवानपुरकी ५२ र नवलपरासीकी ३७ वर्षीया महिला तथा पर्साका ७५, महोत्तरीको ७८, काठमाडौंका ४१, ५९, ४५ र रुपन्देहीको ४० वर्षीया पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २८० पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here