सुनको भाउ तोलामा तीनसय रुपैयाँ सस्तियो, चाँदी बढ्यो

काठमाडौं, २१ भदौ. । केहिदिन उकालो लागेको सुनको भाउ फेरि लगातार घट्न थालेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तीन सय रुपैयाँ सस्तिएको हो ।

अघिल्लो दिनको तुलनामा तोलाको तीन सय रुपैयाँ घटेको छापावाल सुन ९६ हजार १ सय रुपैयाँ तोकिएको छ ।

छापावाल सुन सस्तो बन्दा तेजाबी सुन पनि ३ सय रुपैयाँले नै घटेर तोलाको ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

आइतबारको सुनको मूल्य साउन २८ गतेयताकै सबैभन्दा कम हो । सुन सस्तिँदा शुक्रबार चाँदी भने १० रुपैयाँले महँगो बनेर तोलाको १३ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here