एसिड पीडित बालिका मुस्कान खातुनलाई सहयोग गर्दै मन्त्री भट्टराईले मनाए जन्मदिन

काठमाडौं, २१ भदौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई ५० हजार रुपैयाँ दिँदै जन्मदिन मनाएका छन् ।

मन्त्री भट्टराईले खातुनलाई मन्त्रालयमै बोलाएर नगद ५० हजार रुपैयाँ र फुलको गुच्छाले सम्मान गरे । मुस्कानले पनि आफ्नो जन्मदिनको अवसरमा नगद सहयोग गरेकोमा मन्त्री भट्टराईप्रति आभार व्यक्त गर्दै जन्मदिनको शुभकामना दिइन् ।

विगतका वर्षहरुमा पनि मन्त्री भट्टराईले जन्मदिनको दिन गरिब, असहाय, बिरामीहरुलाई सहयोग गर्दै जन्मदिन मनाउँदै आएका थिए ।
गत भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए । एसिड प्रहारवाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ ।

एसिड आक्रमणमा परेकी मुस्कान खातुनको उपचारदेखि अहिलेसम्म समाजसेवी उज्वल विक्रम थापाले सघाउँदै आएका छन् ।

समाजसेवी थापाको विशेष पहलमा भदौ २५ गते देशभरका १७ जना एसिड आक्रमणमा परेकाहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सामूहिक रुपमा भेट्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here