काठमाडौंमा २ सय ९० सहित उपत्यकामा ३ सय ५४ कोरोना संक्रमित थपिए

काठमाडौं, २१ भदौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ५४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा २ सय ९० जना, भक्तपुरमा ३२ जना र ललितपुरमा ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ५४ पुगेको छ।

त्यसैगरी, काठमाडौंमा ६ हजार ६ सय २४ ललितपुरका ९ सय १९ र भक्तपुरमा ७ सय ११ संक्रमित पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here