वीर अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय, वीरको सबैसेवा ट्रमाबाट

काठमाडौं, २१ भदौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड-१९ अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि वीर अस्पताललाई कोभिड अस्पतालकारुपमा सञ्चालन गर्ने निर्णय गरिएको हो।

वीर अस्पतालमा हुँदै आएका अन्य नियमित सेवाहरु राष्ट्रिय ट्रमा सेन्टरबाट प्रदान गर्ने निर्णय भएको स्वास्थ्य प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको आइतबार बिहान बसेको बैठकले सो निर्णय भएको उनले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here