आईपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा चेन्‍नई र मुम्बई भिड्ने

काठमाडौं, २१ भदौं । इण्डियन प्रिमियर लिग (आईपीएल) को खेल तालिका सार्वजनिक भएको छ । १९ सेटेम्बरबाट हुने आईपीएलको खेल तालिका आइतबार सार्वजनिक गरिएको हो।

कोरोना भाइरस महामारीका कारण लामो समय स्थगित भएपछि यूएईमा आयोजना हुने तय भएको आईपीएलको पहिलो खेलमा मुम्बई इन्डियनस र साविकको विजेता चेन्‍नई सुपरकिङ्‌स भिड्ने छन् ।

नेपालका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टीम दिल्ली क्यापिटल र किङ्गस् इलेभेन पञ्चाजबीच दोस्रो खेल हुनेछ भने सनराइज हैदराबाद र रोयल च्यालेन्जर्स बेंग्लोरबीच तेस्रो खेल हुनेछ।

५३ खेलका लागि सार्वजनिक तालिकाअनुसार, २४ खेल दुबईमा, २० खेल आबुधाबी र १२ खेल सर्जाहमा हुनेछ। प्लेअफ र फाइनल खेलका लागि भने स्थान निर्धारित गरिसकिएको छैन।

तर, बोर्डले प्ले–आफ खेलका लागि भेन्यूको निर्णय भने गरेको छैन । प्रतियोगिताको पहिलो खेल आबुधावीमा नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ । यस सिजनको आईपीएलमा अक्टोबर १६ सम्म एक(एक खेल हुनेछन् । १७ अक्टाबरबाट मात्र दुई खेल हुनेछन् ।

त्यस्तै दोस्रो दिन नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित दिल्ली कयापिटल्सले किङ्‌स इलाभेन पन्जाबको सामना गर्नेछ । तेस्रो दिनको खेलमा सनराइजर्स हैदरावादविरुद्ध रोयल च्यालेन्जर बेङगलोर मैदान उत्रिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here