स्थापनाको पहिलो वर्ष विद्युतीय बस चलाएको सुन्दरले कोभिडपछि ट्याक्सी चलाउने

काठमाडौं, २२ भदौ । स्थापनाको पहिलो वर्ष विद्युतीय बस चलाएको सुन्दर यातायातले कोरोनाभाइरसको स्थितिमा सामान्य सुधार हुनासाथ ट्याक्सी सेवा सञ्चालन गर्ने बताएको छ ।

कोभिड—१९ को अवस्था सामान्य हुँदासाथ नेपाल सरकारको मापदण्ड भित्र रही उपत्यका तथा देशको बिभिन्न शहरहरुमा विद्युतीय ट्याक्सी सञ्चालनमा ल्याइने छ, कम्पनीले वार्षिकोत्सवको अवसरमा जारी विज्ञप्तिमा भनेको छ ।

सुन्दरले सोमबार स्थापनाको पहिलो वर्ष पूरा गरेको हो ।

वद्युतीय वस सञ्चालनमा ल्याउने उद्वेश्यले स्थापित पहिलो वर्षमै काठमाण्डौ उपत्यकाभित्र विद्युतीय वस सञ्चालन गरेर आफ्नो उपस्थितिलाई प्रभावकारी बनाएको बताएको छ ।

‘कोभिड—१९ का कारण तयारी अबस्थामा रहेका कैयौं योजनालाई कार्यान्वयन गर्न नसकेकोमा हामी दुःखी छौं । तथापि स्थिति सामान्यीकरण हुँदासाथ उपत्यकाभित्र १५ र बुटवल तथा बिराटनगरमा पाँच पाँचवटा विद्युतीय वस सञ्चालनमा ल्याउने छौं,’ कम्पनीले भनेको छ ।

साथै कम्पनीको सहायक कम्पनी सुन्दर इन्जिनियरिङ्गको माध्यमवाट चिनको प्रख्यात बीएके कम्पनी र सिचुवान अटो मोबाइल कम्पनीसंग मिलेर रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा विद्युतीय वसको एसेम्वल प्लान्ट स्थापना गर्ने प्रक्रिया शुरु भएकोमा कोरोना महामारीका कारण अबरुद्व हुन पुगेको छ ।

कम्पनीका अनुसार यसका लागि लगानी वोर्ड तथा उद्योग विभागसँग आवश्यक समन्वय भइसकेकोले स्थिति सामान्यीकरण भएको एक वर्षभित्र उद्योग कार्यान्वयनमा आउने र यसवाट यातायातको क्षेत्रमा वैदेशिक लगानीको मार्ग प्रशस्त हुने छ ।

महामारीको अवस्थामा यात्रुको ज्वरो परीक्षण गरेर मात्र वसमा चढाउने तथा स्यानिटाइजर एवं मास्कको ब्यवस्था गर्नुका साथै दोब्बर भाडा लिन पाउने व्यवस्था भएपनि साविक भाडामै सेवा उपलब्ध गराइएको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए ।

सम्बन्धितः

सुन्दर यातायातले देशभर ५० बस र ५०० विद्युतीय ट्याक्सी चलाउने

सुन्दर यातायातले सञ्चालनमा ल्यायो चार्जिङ स्टेशन, भदौ २३ बाट चारवटा विद्युतीय बस चल्ने

‘सरकारको दोहोरो नीतिले विद्युतीय सवारी व्यवसायीको ठूलो लगानी जोखिममा’ – नाडा

फोल्ड गरेर ब्यागमै बोक्न मिल्ने इलेक्ट्रिक बाइक, तौल ५.४४ किलो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here