एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि, मेस्सीको रिपोर्ट नेगेटिभ

काठमाडौं, २३ भदौं । फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार राति भएको खेलमा सहभागि रहेका एम्बाप्पेको सोमबार गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको फ्रेन्च फुटबल फेडेरेसनले जनाएको छ।

कोरोना पोजेटिभ देखिएपछि उनी फ्रान्स फर्किएका छन्। उनमा संक्रमण देखिएपछि युरोपियन नेसन्स लिग अन्तर्गत मंगलबार राति हुने फ्रान्स र क्रोएसियाबिचको खेल अन्यौलमा परेको छ।

त्यस्तै बार्सिलोनाका खेलाडी लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् । प्रशिक्षणको लागि गरिएका पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीले बार्सिलोनाबाट नै प्रशिक्षण सुरु गरेका स्पेनका सञ्चारमाध्यमले जनाएका छन् ।

बार्सिलोनाले एक हप्ता अघि नै प्रशिक्षण सुरु गरे पनि मेस्सीले भने क्लब छोड्नको लागि निवेदन दिएका कारण सहभागी हुन पाएका थिएनन् ।

तर फेरी एक वर्ष क्लबमा नै बस्ने निर्णय गरेपछि कोरोना परीक्षण गरेर प्रशिक्षणमा फर्किएका हुन् । मेस्सीले नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसँग प्रशिक्षण गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here