अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ विदेशी मुद्रा विनिमय दर

काठमाडौं २३ भदौं । अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ०५ पैसा निर्धारण गरेको छ ।

त्यस्तै, बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा तोकिएको छ । यसअघि, सोमबार एक डलरको खरिददर ११६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा रहेको थियो ।

यूरो एकको खरिददर १३८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ३५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पाउण्ड स्टर्लिङ एकको खरिददर १५४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५५ रुपैयाँ ४१ पैसा तोकेको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ५४ रूपैयाँ २७ पैसा र बिक्रीदर ८५ रूपैयाँ २० पैसा रहेको छ ।

त्यसैगरी, एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा रहेको छ ।

एक बहराईन दिनारको बिक्री मुल्य ३१२ रुपैयाँ ३ पैसा र खरिददर ३१० रुपैयाँ ४४ पैसा रहेको छ । भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here