टर्म लोनमा थप १० प्रतिशत कर्जा लिन पाइने, आवधिक कर्जामा स्थिर ब्याजदर लागु गर्नुपर्ने

काठमाडौं २३, भदौं । अब ग्राहकले आवधिक कर्जामा पनि थप १० प्रतिशत कर्जा लिन पाउने भएका छन् । यसअघि चालु पूँजी कर्जामा मात्र थप २० प्रतिशत कर्जाको सुविधा दिएको राष्ट्र बैंकले एकिकृत निर्देशिकामार्फत उक्त व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले मंगलबार जारी गरेको एकिकृत निर्देशिकामा उक्त व्यवस्था छ । ‘अब आवधिक कर्जा लिएको कोरोनाबाट पीडित ऋणीले आफूले लिएको कर्जाको १० प्रतिशत थप कर्जा लिन पाउनेछन्,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘उनीहरुलाई पनि व्यवसाय चलाउन सजिलो होस भन्ने उद्देश्यले यो सुविधा दिइएको हो ।’

सवारी र घरकर्जामा भुक्तानी अवधिभर ब्याजदर परिवर्तन गर्न नपाइने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । यसकालागि बैंकले प्रडक्ट ल्याउदा नै ब्याज परिवर्तन र स्थिर गरी दुबैको किस्ताबारे स्पष्ट खुलाउनु पर्ने छ ।

यसकाआधारमा स्थिर ब्याजको प्रडक्ड खरिद गरेका ग्राहकले कर्जा भुक्तानी अवधिभर ब्याजदर परिवर्तन गर्न पाउने छैनन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here