उपत्यकामा ३ सय ९६ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २३ भदौं । काठमाडौं उपत्यकामा ३ सय ९६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा काठमाडौंमा ३ सय , ललितपुरमा ३८ र भक्तपुरमा ५८ संक्रमित थपिए हुन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार ९ सय ७६ पुगेको छ।

काठमाडौंमा ६ हजार २ सय १७ ललितपुरका ९७७ र भक्तपुरमा ७८२ संक्रमित पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here