कोरोना महामारीका बीचमै, दशैंले पनि रोक्न सकेन मुग्लान पस्ने ‘लाहुरे’ लाई

भारत प्रवेश गर्दै नेपाली

काठमाडौं, २४ भदौ । तपाई आजभन्दा ठ्याक्कै ६ महिना अगाडीको अवस्था याद गर्नुहोस, भारतमा फाट्टफुट्ट कोरोना भाइरसका बिरामी देखिन थालेका थिए ।

सरकारले लकडाउनको तयारीमा थियो । यसै मेसोमा महामारीको डरले हजारौं नेपाली घर फर्किए । कति बोर्डरसम्म आएर सहजै घर जान पाए, कतिपय बोर्डरै १४ दिनसम्म दुख र कष्ट रहेर बसे ।

सरकारले ११ चैतमा नेपालमा लकडाउन गरेपछि क्वारेन्टिन व्यवस्थित गर्दै उनीहरुलाई स्वदेश भित्रायो । ६ महिना मै परिस्थिति फेरिएको छ ।

संसारमा सर्वाधिक संक्रमित हुने मुलुकको दोस्रो स्थानमा उक्लिएको छ भारत । मृत्यु पनि ७० हजार भन्दा माथि पुगेको छ । एक प्रकारले भन्ने हो भने भारतमा कोरोनाको आगो बलिरहेको छ । जहाँ पुतलीसरह मानिस परिरहेका छन् र केही समयमै भष्म हुन्छन् ।

यो भयाभह अवस्थामा अब हामी नेपाली बोर्डरतिर आँखा लगाऔं, जहाँ ६ महिना अगाडी नेपाल फिर्ता हुन ज्यानको बाजी थापेका नेपाली आज भारतमा कोरोना भाइरसको महामारीका बीच भारत प्रवेशका लागि लामवद्ध छन् ।

एक जना होइन, १० जना होइन, हजारौं नेपाली यतिबेला सीमापारी धन कमाउन जाने लाइनमा बोर्डरमा झरिसकेका छन् ।

खासगरी सुदुरपश्चिमबाट धेरै जसो मानिस आयआर्जनका लागि भारत जान्छन् । नेपालीलाई लिन भारतीय एजेण्टहरु सीमासम्मै आइपुग्छन । किनकी भारत सरकारले महामारीका बीचमा पनि लकडाउन खोलीसकेको छ ।

काम शुरु भएको छ । त्यसकारण कामदारको अभाव भारतमा पनि उत्तिकै छ । त्यसकारण अब क्रमशः नेपालीको माग बढेको छ । त्यसो त नजिकिएको चाडबाडमा धेरै जसो मानिस आफ्नो घर फर्कन्छन् ।

परिवारका साथ चाडबाड मनाउँछन् । तर, यो पटक उल्टो भएको छ । ६ महिना अगाडी घर फिर्ता भएका नेपालीको बचेखुचेको पैसा सकिएको छ ।

अब उनीहरुलाई परिवारको माया र नजिकिएको दशैंले पनि घरमा राख्ने अवस्था भएन । त्यसकारण त जोखिम मोलेरै आगोको मुस्लोमा हाम फालिरहेका छन् ।

यतिबेला गौरीफन्टा, त्रिनगर नाकाबाट मात्र हजारौं नेपाली भारत छिरिसकेका छन् । जोगवनी र वीरगन्जमा समेत उत्तिकै भीड बढेको छ ।

चाडबाडकै मुखमा परिवारको साथ छाडेर लाहुर पस्न तछाडमछाड गरिरहेका नेपालीको तस्वीरले देखाइरहेको छ, यो देशको समृद्धि ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here