पसल सञ्चालनमा नयाँ व्यवस्था, कुन पसल कुन बार खोल्न पाइने (निर्णयसहित)

काठमाडौं, २४ भदौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएको छ।

बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले केही सहजतासँगै निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेका हुन् ।

नयाँ मोडालिटी अनुसार बिहीबारबाट जोर बिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने लगायतका निर्णय भएको छ । पसल सञ्चालनमा नयाँ व्यवस्था गरिएको छ ।

अब उपत्यकामा सोमबार बुधबार र शनिबार सपिङ मल, कपडा पसल, फेन्सि स्टोर, जुत्ता, कस्मेटिक पसल लगायतका पसलहरु खोल्न पाइने भएको छ ।

अनलाइन डेलिभरी र टेकअवे सेवाका लागि दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्मको समय तोकिएको छ।

भाँडा तथा भान्साका सामाग्री कारोबार गर्ने पसलहरु सातामा आइतबार मंगलबार र शुक्रबार सञ्चालन हुनेछन्। वर्कसप बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म दैनिक सञ्चालन गर्न पाइनेछ।

फुटपाथ तथा ठेला व्यापारका लागि समय तोकिएको छ। दैनिक बिहान ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ। डिपार्टमेन्टल स्टोरका हकमा पनि यही नियम लागू हुनेछ।

व्यापार गर्दा आवश्यक स्वास्थ्य मापदण्डहरु अपनाउनु पर्ने उल्लेख गरिएको छ ।

यसअघि बन्द गरिएका क्षेत्र अर्को निर्णय नहुँदासम्म बन्द नै रहने छन् । निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने कामग गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न पाइने छैन।

पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन। उपत्यकामा तेस्रोपटक थपिएको निषेधाज्ञाको समयसीमा बुधबार मध्यरात १२ बजे सकिँदै छ ।

भदौ ३, १० र १७ गते कोरोना संक्रमणको जोखिम बढेको भन्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

के खुल्छ, के खोल्न पाइँदैन?

उपत्यकाको निषेधाज्ञा नयाँ मोडलिटीमा, के खुल्छ, के खोल्न पाइँदैन?

उपत्यकामा निषेधाज्ञा खुकुलो, सवारी साधनमा जोरबिजोर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here