काठमाडौं आवतजावतमा थप कडाइ, यी नियम अनिवार्य (सूचनासहित)

काठमाडौं, २५ भदौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं आवतजावतमा थप कडाइ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार सवारी सहजीकरण सम्बन्धी सूचना जारी गर्दै राजधानीबाहिर आवतजावतका लागि नयाँ नियम लगाएको हो ।

यस अघि अत्यावश्यक कामका लागि काठमाडौं बाहिर जाने सवारी साधानका लागि सहजिकरण गर्दै आएकोमा अब भने थप कडाई गरिने भएको जनाइएको छ ।

अब काठमाडौंबाट बाहिर जाने र काठमाडौं प्रवेश गर्नेहरुले तोकिएको निवेदन, अत्यावश्यक कामको लागि जाने स्पष्ट खुल्ने कागजात, जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र र सम्बन्धित गन्तव्यको स्थानीय तहको सिफारिस अनिवार्य बोक्नु पर्नेछ ।

यी नियमहरु पालना नगर्नेले काठमाडौं उपत्यका भित्र प्रवेश र उपत्यकाबाट बाहिरिन नपाउने प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले काठमाडौं प्रवेश गरेपछि १४ दिन होम क्वारेन्टिनमा वा आफ्नै खर्चमा क्वारेन्टिनमा बस्‍नुपर्ने बताए ।

उनका अनुसार विदेशबाट आउँदा वा विभिन्‍न जिल्लाबाट उपत्यकामा आउँदा अनिवार्य आफ्नै खर्चमा क्वारेन्टिनमा बस्‍नुपर्नेछ । एक जिल्लाबाट अर्को जिल्ला जाँदा पनि १४ दिन होम क्वारेन्टिनमा बस्‍नुपर्ने उनले जानकारी दिए ।

पछिल्लो सयम काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । विहिबारमात्रै काठमाडौंका ४९५ , भक्तपुरका ३४ र ललितपुरका ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित काठमाडौंमा ८ हजार १ सय ६ ललितपुरका १ हजार ५४ र भक्तपुरमा ८५२ संक्रमित पुगेका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here